काठमाडौं । रसुवा बाढीमा परेर सम्पर्कविहीन हुनेको संख्या ८२६ पुगेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको बुलेटिनमा सो कुरा उल्लेख छ । सम्पर्कविहीन हुनेमा ४४ जना नेपाली सेना, २८ जना प्रहरी, १३ जना सशस्त्र प्रहरी र ५७९ जना पर्यटक रहेका छन् ।
यसैगरी रसुवाका १६१ जना र नुवाकोटका १ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। सम्पर्कविहिन भएका पर्यटकमा ११३ नेपाली रहेका छन् भने विदेशी ४६६ जना छन् ।