पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द

पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द

बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द

    धादिङ ।  भोटेकोशीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाअन्तर्गत पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो ।

    प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बाढीका कारण रसुवा, नुवाकोटलगायत धादिङ जिल्लाको पृथ्वी राजमार्गका विभिन्न स्थानमा समेत क्षति पुगेको जानकारी दिइन् । बाढी तथा त्यसबाट उत्पन्न हुनसक्ने थप जोखिमलाई ध्यानमा राखी आम सर्वसाधारणको जीउज्यानको सुरक्षाका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको उनले जानकारी दिइन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij