भन्सार छलेर ल्याइएका सामानसहित ४ जना पक्राउ

भन्सार छलेर ल्याइएका सामानसहित ४ जना पक्राउ

शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • भन्सार छलेर ल्याइएका सामानसहित ४ जना पक्राउ

    कञ्चनपुर । कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित ४ जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको ५७ हजार बराबरको तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर रावतका अनुुसार भारतबाट भन्सार छली ल्याइएका २५ हजार बराबरका पेय पदार्थ, बिडी, बोइलर कुखुरा बेलौरी नगरपालिका– २ बैजुडाँडा फालिएको अवस्थामा भेटिएका छन् । यसैबिच, जुवाको खालबाट आठ जना पक्राउ परेका छन् । उनीहरूबाट नगद ५५ हजार पनि बरामद भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij