चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने प्रदेश सरकारको निर्णय

चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने प्रदेश सरकारको निर्णय

बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने प्रदेश सरकारको निर्णय

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले चालु शैक्षिक वर्षदेखि विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनका लागि कैलालीका सेती, लम्कीचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको हो ।

    मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव प्रयागराज खनालका अनुसार स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्थाअनुसार सम्बन्धित अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न आवश्यक सम्झौता गरी कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइनेछ ।

    सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ को दफा २० मा प्रदेश सरकार, नेपाल सरकार वा स्थानीय तहको समन्वयमा अस्पतालसँग सम्झौता गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न तथा शिक्षण अस्पतालका रूपमा उपयोग गर्न सकिने व्यवस्था गरिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij