चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गaरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित पाँच अर्ब ९९ करोड २१ लाख र आयोगको आन्तरिक स्रोततर्फ ५६ करोड चार लाख ९८ हजार बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको आयोगका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिए।
       
      बैठकले गत आव २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ र चालु आवमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड गरी कुल एक अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ मध्ये चालु आवका लागि ५६ करोड चार लाख ९८ हजार खर्च गर्ने निर्णय गरेको छ ।
       
      स्वीकृत बजेटमध्ये आन्तरिक स्रोतबाट चालुतर्फ रु ४७ करोड ४२ लाख ९८ हजार र पुँजीगततर्फ रु आठ करोड ६२ लाख विनियोजन गरिएको ढकालको भनाइ छ । बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा डा देवेन्द्रबहादुर खत्री तथा आयोगका सदस्य सचिव एवं सदस्य सचिव एवं सहसचिव वसन्तप्रसाद कोइरालालगायतको सहभागिता थियो ।


    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij