इरान र अमेरिका बीच बढ्दो तनावसंगै होर्मुज जलमार्ग बन्द

इरान र अमेरिका बीच बढ्दो तनावसंगै होर्मुज जलमार्ग बन्द

आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • इरान र अमेरिका बीच बढ्दो तनावसंगै होर्मुज जलमार्ग बन्द

    काठमाडौँ । इरान र अमेरिका बीच बढ्दो तनावसंगै होर्मुज जलमार्ग बन्द भएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले अनधिकृत मार्ग प्रयोग गरेर होर्मुज जलघाँटी पार गर्न खोजेको एक जहाजमाथि  गोली चलाएपछि जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको हो। 

    आइतबार बिहान आईआरजीसीको नौसैनिक शाखाले जारी गरेको विज्ञप्ति अनुसार जलमार्ग बन्द गरिएको हो ।आईआरजीसीसँग निकट मानिने अर्धसरकारी तस्निम समाचार एजेन्सीको अरबी संस्करणले पनि विदेशी शक्तिहरूको हस्तक्षेपका कारण अवस्था थप संवेदनशील बनेको भन्दै जलमार्ग बन्द गरिएको समाचार प्रकाशित गरेको छ। 

    केही जहाजहरूले ‘अनधिकृत मार्ग’ प्रयोग गरेर जलमार्ग पार गर्ने प्रयास गरेपछि जहाज रोक्न आईआरजीसीले चेतावनीस्वरूप गोली चलाएको विज्ञप्तिमा जनाएको छ । कुनै पनि जहाज वा नौसैनिक साधनलाई यो जलमार्ग पार गर्न अनुमति नदिइने विज्ञप्तिमा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij