कर्णालीमा खसेको गाडीका चालकको शव ९ दिनपछि फेला, दुई जना अझै बेपत्ता

कर्णालीमा खसेको गाडीका चालकको शव ९ दिनपछि फेला, दुई जना अझै बेपत्ता

शनिवार, आषाढ २७ २०८३
शनिवार, आषाढ २७ २०८३
  • कर्णालीमा खसेको गाडीका चालकको शव ९ दिनपछि फेला, दुई जना अझै बेपत्ता

    काठमाडौं । दैलेखमा कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडीका चालकको शव दुर्घटनाको ९ दिनपछि फेला परेको छ।

    प्रहरीका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदी किनारमा बेवारिसे अवस्थामा फेला परेको शव सुर्खेतको पञ्चपुरी नगरपालिका–माझीगाउँ निवासी चालक तुलाराम सुवेदीको रहेको पुष्टि भएको हो।

    उक्त गाडी असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा सडकबाट कर्णाली नदीमा खसेको थियो। दुर्घटनापछि गाडी यात्रुसहित नदीमा बेपत्ता भएको थियो।

    यसअघि सोही दुर्घटनामा परेका कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी मेखे तिरुवाको शव पनि फेला परिसकेको छ।

    दुर्घटनामा परेको कप्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडीमा चालक तुलाराम सुवेदी, मेखे तिरुवा, रास्कोट नगरपालिका–२ खड्कागाउँकी सिर्जना खड्का तथा सहचालक रामप्रसाद सुवेदी सवार थिए। प्रहरीका अनुसार सिर्जना खड्का र सहचालक रामप्रसाद सुवेदी अझै बेपत्ता छन्।

    नेपाल प्रहरीसहित सुरक्षा निकायले बेपत्ता दुई जनाको खोजी कार्य जारी राखेको जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij