हालाण्ड चम्किदा पाँच पटकको विश्व विजेता ब्राजिल घर फर्कियो, नर्वे क्वाटरफाइनलमा

हालाण्ड चम्किदा पाँच पटकको विश्व विजेता ब्राजिल घर फर्कियो, नर्वे क्वाटरफाइनलमा

सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • हालाण्ड चम्किदा पाँच पटकको विश्व विजेता ब्राजिल घर फर्कियो, नर्वे क्वाटरफाइनलमा

    काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    ब्राजिलसँगको खेलमा अपराजित रहेको इतिहासलाई कायमै राख्दै नर्वेले ब्राजिललाई २(१ ले पराजित गरेको हो । 

    नर्वेको जितमा एर्लिङ हालाण्ड नायक बने । उनले दुई गोल गरे ।
    विश्वकपमा उनको गोलसंख्या सात पुगेको छ । हालाण्डले खेलको ७९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । 

    एन्ड्रियास जेल्डेरुपको क्रसलाई हेडरमार्फत उनले गोलमा परिणत गरेका थिए । दोस्रो गोल उनले ९०औँ मिनेटमा गरे । एन्ड्रियासकै पासमा उनले दोस्रो गोल गरेका हुन् । 

    खेलमा ब्राजिलले दुईपटक पेनाल्टीको अवसर पाएको थियो । पहिलो पेनाल्टी ब्रुनो ग्युमोरेसले सदुपयोग गर्न सकेनन् । अतिरिक्त समयमा नेयमारले पेनाल्टीमा गोल गरेपनि त्यो जितका लागि प्रयाप्त भएन ।
     
    यो जितसंगै २८ वर्षपछि विश्वकपमा सहभागी नर्वेले ब्राजिललाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा सुनिश्चित गरेको छ । नर्वेले क्वाटरफाइनलमा मेक्सिको र इंग्ल्याण्डको खेलको विजेतासँग खेल्नेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij