काठमाडौं । सहआयोजक राष्ट्र क्यानडालाई पछिपार्दै मोरक्को विश्वकपको क्वाटर फाइनलमा पुगेको छ । क्यानडालाई ३–० ले पराजित गर्दै मोरोक्कोले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफको ५० औँ मिनेटमा मोरोक्कोका अजेडिन ओनहायीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । अकरफ हकिमिले दिएको पासलाई अजेडिनले गोलमा परिणत गरेका थिए । उनले खेलको ८२ औँ मिनेटमा अर्को गोल गरे ।
खेलको अतिरिक्त समयमा सुफियान रहिमिले गोल गर्दै नतिजा ३–० मा पुर्याएका हुन् । खेलमा मोरोक्कोका स्टार खेलाडी इसामेल साइबेरी चोटका कारण बाहिरिन पुगेका थिए ।
क्यानडा र मोरोक्को दुवै टोलीका गरी ६ खेलाडीले पहेँलो कार्ड प्राप्त गरेका थिए । मोरोक्कोले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।