काठमाडौं । पाराग्वेलाई पराजित गर्दै फ्रान्स विश्वकपको अनितम आठमा पुगेको छ । पाराग्वेलाई १–० गोलले पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा पुग्ने दोश्रो टोली बनेको हो ।
फ्रान्सका डिजायर डुवोलाई पेनाल्टी एरियामा पाराग्वेका खेलाडीले फाउल गरपछि प्राप्त पेनाल्टीको मौकाको सदुपयोगगर्दै एम्बाप्पेले ७० औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । सोहि गोग निर्णायक बन्दा फ्रान्स बिजयी बन्यो ।
सो गोलसँगै जारी विश्वकपमा एम्बाप्पेको गोल संख्या सात पुगेको छ । विश्वकपमा उनको कुल गोल संख्या १९ पुगेको छ । १९ खेलमार्फत उनले १९ गोल गरेका हुन् । अर्जेन्टिनाका लियोनल मेस्सीको रेकर्डसँग बराबरी गर्न उनी एक गोलले मात्रै पछि छन् ।
क्वाटरफाइनलमा फ्रान्सले मोरोक्कोको सामना गर्नेछ । क्यानडालाई पराजित गर्दै मोरोक्को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।