गृहका ४२ उपसचिवको सरुवा, ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

गृहका ४२ उपसचिवको सरुवा, ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

शनिवार, आषाढ २० २०८३
शनिवार, आषाढ २० २०८३
  • गृहका ४२ उपसचिवको सरुवा, ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

    काठमाडौं । सरकारले गृह मन्त्रालयअन्तर्गत कार्यरत ४२ जना उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले असार १९ गते गरेको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयअन्तर्गत कार्यरत उपसचिवहरूको जिम्मेवारी परिवर्तन गरिएको हो ।

    सरुवासँगै ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) पनि परिवर्तन भएका छन् ।

    निर्णयअनुसार ताल्लेजुङ, हुम्ला, सोलुखुम्बु, रुकुम पूर्व, रसुवा, मुगु, मनाङ, कालिकोट, डोल्पा, जुम्ला र उदयपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाइएको छ ।

    त्यसैगरी, सुनसरी, लमजुङ, भक्तपुर र पाल्पालगायत जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको समेत सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    सरुवाको निर्णयसँगै सम्बन्धित कर्मचारीलाई तोकिएको नयाँ कार्यस्थलमा तत्काल हाजिर हुन निर्देशन दिइएको छ ।

    1

    2

    3

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij