डीआर कंगोविरुद्ध संघर्षपूर्ण जित निकाल्दै इंग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा

डीआर कंगोविरुद्ध संघर्षपूर्ण जित निकाल्दै इंग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा

बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • डीआर कंगोविरुद्ध संघर्षपूर्ण जित निकाल्दै इंग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा

    काठमाडौं । डीआर कंगोविरुद्ध संघर्षपूर्ण जित निकाल्दै इंग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा पुगेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा गएराति सम्पन्न खेलमा कप्तान ह्यारी केनले दोस्रो हाफमा २ गोल गरेपछ इंग्ल्यान्डले जारी विश्वकप फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको हो।  

    ब्रायन सिपेंगाको सातौँ मिनेटमा गोल गर्दै डीआर कंगोलाई  अग्रता दिलाएका थिए। दोस्रो हाफमा पनि ७४ मिनेटसम्म सो अग्रता जोगाएको डीआर कंगोले ७५औँ र ८६औँ मिनेटमा गोल खाँदा विश्वकपबाटै बाहिरिन पुग्यो । 

    योसँगै कप्तान केन पनि गोल्डेन बुट दौडमा आएका छन्। उनको समग्रमा ५ गोल छ भने उनीअघि लियोनल मेसी र किलियन एमबाप्पे मात्र छन्। उनीहरुको समान ६ गोल छ।  

    केन र एर्लिङ हाल्यान्डको ५ गोल र असमन डेम्बेलेको ४ गोल छ। अब इंग्ल्यान्डले जुलाई ६ मा आयोजक मेक्सिकोको सामना गर्नेछ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij