फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश
    काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ । मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई २–० गोलअन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
     
    मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक÷एक गोल गरे । खेलको २१औँ मिनेटमा जुलियनले गोल गर्दै मेक्सिकोलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३१औँ मिनेटमा राउलले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल मेक्सिको पक्षमा रह्यो । 
     
    मेक्सिकाले यसअघि भएको समूह चरणको खेलमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो । यस हारसँगै इक्वेडर भने विश्वकपबाट बाहिरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij