काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि नेपाल रहङकङ भिड्दै छन् । आज मध्याह्न सभा १२ बजे शुरू हुने फाइनल भिड्ने दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेकाले उपाधि भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले हराउँदै नेपालसंगको भेट पक्का फाइनल यात्रा तय गरेको थियो।
नेपालले समूह चरणमा चीनलाई २२१ रन तथा मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र हङकङबीच हालसम्म १४ पटक भेट भएको छ।
जसमा नेपालले ७ खेल जितेको छ भने हङकङले ५ खेल आफ्नो पक्षमा पारेको छ। दुई खेल वर्षाका कारण नतिजाविहीन बनेका थिए। यसैबीच, प्रतियोगिताको तेस्रो स्थानका लागि आजै मलेसिया र ओमान भिड्दै छन् ।