विश्वकप लिग–२ मा आज नेपाल र अमेरिका भिड्दै, वर्षा बाधक बन्न सक्ने

विश्वकप लिग–२ मा आज नेपाल र अमेरिका भिड्दै, वर्षा बाधक बन्न सक्ने

शुक्रवार, जेठ ८ २०८३
शुक्रवार, जेठ ८ २०८३
  • विश्वकप लिग–२ मा आज नेपाल र अमेरिका भिड्दै, वर्षा बाधक बन्न सक्ने

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा आज नेपाल र अमेरिका भिड्दै छन् ।  लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल आज बिहान साढे नौ वजे हुन लागेको हो ।

    बिहानदेखि काठमाडौंमा पानी परेको भएपनि सात वजेपछि घाम लाग्न थालेकाले खेलमा वर्षा बाधक बन्ने सम्भावना कम हुंदै गएको छ । पहिलो खेलमा अमेरिकालाई पराजित गरेको नेपाल दोस्रो खेलमा पनि पराजित गर्दै शृंखलाको शुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ । 

     नेपालले २७ खेल खेलमा १० जितसहित २२ अंक जोडेको नेपाल तालिकाको पाँचौँ स्थानमा छ ।  तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाले २७ खेलमा १९ जित र आठ हारसहित ३८ अंक बनाएको छ । समान ३८ अंक बनाएको स्कटल्यान्डलाई रनरेटका आधारमा पछाडि पार्दै अमेरिका शीर्ष स्थानमा रहेको हो । 

    अमेरिका यसअघि भएको पहिलो खेलमा नेपालसँग नौ विकेटले पराजित भएको थियो । लिगको शिर्ष चारभित्र रहेर विश्वकपको छनौटमा शिधै स्थान बनाउान नेपाललाई खेल जित्नैपर्ने दवाव छ । अमेरिका पनि नेपालमाथि जित हातपार्दै स्कटल्यान्डसंगको अंकदुरी फराकिलो बनाउँदै लिग विजेता बन्ने ध्याउन्नमा हुनेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij