वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित

वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित

बिहिवार, जेठ ७ २०८३
बिहिवार, जेठ ७ २०८३
  • वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित

    काठमाडौँ ।  प्रतिनिधिसभा बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ ।
     
    बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गरेका हुन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
     
    अर्थमन्त्री डा वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ सदनमा दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै उक्त विधेयक दफाबार छलफका लागि बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए ।
     
    उक्त विधेयकमाथि ६ वटा संशोधन परेको थियो । सांसदहरु लीमा अधिकारी आचार्य र सांसद गणेश कार्कीले संशोधन फिर्ता लिएका थिए । अर्थमन्त्री डा वाग्लेले  सांसदहरुले राखेको संशोधन सरकारले स्वीकार गर्ने बताए ।

    प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १२ गते मङ्गलबार बिहान ११ः०० बजे बस्नेछ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij