अमेरिकी प्रडू युनिभर्सिटीका विद्यार्थी हिलसाइड कलेजमा

अमेरिकी प्रडू युनिभर्सिटीका विद्यार्थी हिलसाइड कलेजमा

बुधवार, जेठ ६ २०८३
बुधवार, जेठ ६ २०८३
  • अमेरिकी प्रडू युनिभर्सिटीका विद्यार्थी हिलसाइड कलेजमा

    मोरङस्थित पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको  प्रडू युनिभर्सिटी नर्थबेष्ट इन्डियानाबीच भएको शैक्षिक सहकार्यअन्तर्गत अमेरिकाका विद्यार्थीहरूले नेपाल भ्रमण गर्दै हिल साइड कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका छन् ।

    गत वर्ष दुई विश्वविद्यालयबीच संकाय, अनुसन्धानकर्ता तथा विद्यार्थी आदानप्रदान, अनुसन्धान, आविष्कार, सिकाइ र शिक्षण विधिमा सहकार्य गर्ने उद्देश्यसहित समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर भएको थियो । सोही समझदारी कार्यान्वयनका क्रममा प्रडू युनिभर्सिटीबाट एक जना फ्याकल्टीसहित चार विद्यार्थी नेपाल आएका हुन् ।

    नेपाल भ्रमणका क्रममा उनीहरूले पोखरा, चितवन, लुम्बिनी र इलामलगायत क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थाको प्रत्यक्ष अध्ययन गरेका थिए । नेपाल भ्रमण अनुभव निकै सकारात्मक रहेको भन्दै विद्यार्थीहरूले नेपाली समाज, संस्कृति र आतिथ्यताप्रति खुसी व्यक्त गरेका छन् ।

    6c9b5ac7-734a-480c-bb92-c011d0750e9a.jfif

    प्रडू युनिभर्सिटीका डाइरेक्टर डा। रमेश न्यौपाने ले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया लगायत पदाधिकारीसँग अन्तरक्रिया गर्न पाउँदा खुशी लागेको बताए । उनले अब पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत अध्ययनरत विद्यार्थी तथा प्राध्यापकहरूका लागि पनि अमेरिकास्थित प्रडू युनिभर्सिटी भ्रमण तथा अध्ययनको बाटो खुलेको उल्लेख गरे ।

    नेपाल भ्रमण टोलीले जनकपुरधाम हुँदै भक्तपुरको झौखेलस्थित मानव कल्याण समाज आश्रमको समेत अवलोकन गरेको थियो । सडक मानवहरूको उद्धार तथा सेवामा सक्रिय उक्त संस्थासँग सहकार्य गर्न इच्छुक रहेको टोलीले जनाएको छ । यस क्रममा संस्थाकी अध्यक्ष सुमी मानव सँग पनि छलफल भएको थियो ।

    695814033_1687685205711206_1058242148868986603_n.jpg

    टोलीले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त केही कलेजहरूको समेत अवलोकन गरेको थियो । अन्तिम चरणमा हिलसाइड कलेज अफ इन्जिनियरिङ, बालकुमारीमा आयोजित अन्तरक्रियामा बीआईटी, सिभिल, इलेक्ट्रिकल तथा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूसँग उच्च शिक्षा, अनुसन्धान र अन्तर्राष्ट्रिय अवसरबारे छलफल गरिएको थियो ।

    कार्यक्रममा डा. रमेश न्यौपानेले हिलसाइड कलेजका विद्यार्थीहरूले प्रडू युनिभर्सिटीमा मास्टर्स अध्ययन गर्न चाहेको अवस्थामा आवश्यक सहजीकरण गरिने बताए । साथै जीएस कलेजमा कक्षा १२ अध्ययनका लागि भर्ना भइरहेका विद्यार्थीहरूले पनि अमेरिकामा स्नातक अध्ययनका लागि आवेदन दिन सक्ने जानकारी दिँदै आइ–ट्वान्टी तथा भिसा प्रक्रियामा सहयोग गरिने उल्लेख गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij