टस जितेर ब्याटिङ गर्दै अमेरिका, नेपालले पहिले बलिङ गर्ने

टस जितेर ब्याटिङ गर्दै अमेरिका, नेपालले पहिले बलिङ गर्ने

शनिवार, जेठ २ २०८३
शनिवार, जेठ २ २०८३
  • टस जितेर ब्याटिङ गर्दै अमेरिका, नेपालले पहिले बलिङ गर्ने

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा अमेरिकाले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले भने आजको खेलमा पहिले बलिङ गर्नेछ।

    नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी शृङ्खलामा हालसम्म दुई खेल सम्पन्न भएका छन्, जसमा दुवै खेल स्कटल्याण्डले जितेको छ। पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ–लुइस (DLS) नियमअनुसार दुई रनले पराजित गरेको थियो भने दोस्रो खेलमा अमेरिकालाई पनि सोही नियमअनुसार दुई रनले नै हराएको थियो।

    अंकतालिकामा नेपालको अवस्था दबाबमा रहेको छ। हाल नेपाल २५ खेलबाट ८ जित, १५ हार र २ अनिर्णितसहित १८ अंकका साथ आठौँ स्थानमा छ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपाललाई शीर्ष छ स्थानमा रहनुपर्ने भएकाले बाँकी सबै ११ खेल जित्नु पर्ने चुनौती छ।

    त्यसैगरी अमेरिका २५ खेलमा १८ जितसहित ३६ अंकका साथ दोस्रो स्थानमा छ। स्कटल्याण्ड भने ३० खेलमा १६ जित, ८ हार र ६ अनिर्णित नतिजासहित ३८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ।

    आजको खेल नेपालका लागि तालिकामा सुधार गर्ने दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij