त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालको राष्ट्रिय टोली घोषणा

त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालको राष्ट्रिय टोली घोषणा

आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालको राष्ट्रिय टोली घोषणा

    काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालले राष्ट्रिय टोली घोषणा गरेको छ। १५ सदस्यीय टोलीमा अधिकांस खेलाडी ओमान र युएईविरूद्धको सिरिज खेलेकै छन्। 

    यसपटब बसिर अहमदको स्थानमा ईशान पाण्डेले टोलीमा परेका छन् । पाण्डेले नेपालको राष्ट्रिय टोलीबाट टी २० खेल खेलिसकेका छन्। सन् २०१९ मा उनले जिम्बावेविरूद्ध खेलेका थिए। पाण्डे नेपालको एकदिवसीय टोलीमा भने पहिलोपटक परेका हुन् । 

    राष्ट्रिय टोलीबाट चार वटा टी २० खेलेका पाण्डेले पछिल्लो समय घरेलु क्रिकेटका साथै नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका लागि राम्रो प्रदर्शन गरेका थिए ।प्रधानमन्त्री कप र नेपालको ए टोलीमा गरेको प्रदर्शनको आधारमा राष्ट्रिय टोलीमा स्थान दिइएको हो ।

    को को परे टोलीमा

    १ रोहित पौडेल (कप्तान)
    २ दीपेन्द्र सिंह ऐरि (उपकप्तान)
    ३ कुशल भुर्तेल
    ४ आसिफ सेख
    ५ भीम सार्की
    ६ आरिफ सेख
    ७ ईशान पाण्डे
    ८ गुलशन झा
    ९ सोमपाल कामी
    १० सन्दीप लामिछाने
    ११ ललित राजवंशी
    १२ विनोद भण्डारी
    १३ नन्दन यादव
    १४ अर्जुन कुमाल
    १५ करण के सी

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij