स्कटल्यान्डले नेपाल ‘ए’लाई दियो ३०३ रनको लक्ष्य

स्कटल्यान्डले नेपाल ‘ए’लाई दियो ३०३ रनको लक्ष्य

शनिवार, बैशाख २६ २०८३
शनिवार, बैशाख २६ २०८३
  • स्कटल्यान्डले नेपाल ‘ए’लाई दियो ३०३ रनको लक्ष्य

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको तयारीका क्रममा भएको अभ्यास खेलमा स्कटल्यान्डले नेपाल ‘ए’ टोलीविरुद्ध ३०२ रनको विशाल योगफल खडा गरेको छ ।

    शनिबार मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३०२ रन बनाएको हो । अब नेपाल ‘ए’ले जितका लागि ३०३ रन बनाउनुपर्नेछ ।

    स्कटल्यान्डका ओपनर जर्ज मुन्सीले उत्कृष्ट प्रदर्शन गर्दै ५१ बलमा ६२ रन बनाए । उनले आफ्नो इनिङ्समा तीन छक्का र ६ चौका प्रहार गरे । माइकल इङ्लिसले पनि अविजित ५६ रनको अर्धशतकीय पारी खेले ।

    त्यस्तै, ब्राडन म्याकमुलेनले ३९ रन, रिची बेरिङ्टनले ४० रन तथा ज्याक जार्भिसले ३० रनको योगदान दिए । फिनले म्याक्रेथले ३० रन बनाउँदा म्याथ्यू क्रसले २५ रन थपे ।

    नेपाल ‘ए’का बलर आकाश चन्दले तीन विकेट लिएर प्रभावशाली प्रदर्शन गरे । शेर मल्ल, विपिन खत्री, पवन सर्राफ र कुशल मल्लले समान एक–एक विकेट लिए ।

    यसअघि नेपाल ‘ए’ टोलीले लगातार दुई अभ्यास खेलमा प्रभावशाली जित निकालेको थियो । नेपाल ‘ए’ले स्कटल्यान्डलाई ४५ रनले तथा अमेरिकालाई तीन विकेटले पराजित गरेको थियो ।

    नेपालको सिनियर टोलीले आगामी साता घरेलु मैदानमा स्कटल्यान्ड र अमेरिकासँग आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखला खेल्ने तालिका रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij