प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

शनिवार, बैशाख २६ २०८३
शनिवार, बैशाख २६ २०८३
  • प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

    काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्ति गर्न अनुपयुक्त ठान्ने व्यक्तिहरूलाई स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो ।

    समितिले जारी गरेको सूचनाअनुसार आजदेखि जेठ ४ गतेसम्म उजुरी दर्ता गर्न सकिनेछ । उजुरी समितिको सचिवालयमा सिधै, विद्युतीय माध्यमबाट वा प्रमुख जिल्ला अधिकारीमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ । नाम खुलाएर वा बेनामे रूपमा समेत उजुरी दिन सकिने समितिले जनाएको छ ।

    उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर खुलाउनुपर्ने भए पनि चाहना अनुसार उजुरीकर्ताको पहिचान गोप्य राखिने व्यवस्था गरिएको छ ।

    संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीश शर्मा प्रधानन्यायाधीश पदका लागि प्रस्तावित भएका हुन् । संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण र क्षमताबारे परीक्षण गरेपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।

    समितिले प्राप्त उजुरीमाथि छलफल तथा छानबिन गरी प्रस्तावित प्रधानन्यायाधीशसँग प्रत्यक्ष सुनुवाइ गर्नेछ । समितिबाट अनुमोदन भएपछि मात्रै शर्माको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया टुंगिनेछ । नियुक्त भएमा उनले आगामी ६ वर्ष न्यायपालिकाको नेतृत्व गर्नेछन् ।

    691762041_985380023937730_8068389088202036322_n

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij