नेपाल ए को लगातार दोस्रो जित, अमेरिकाविरुद्ध ३ विकेटले विजयी

नेपाल ए को लगातार दोस्रो जित, अमेरिकाविरुद्ध ३ विकेटले विजयी

शुक्रवार, बैशाख २५ २०८३
शुक्रवार, बैशाख २५ २०८३
  • नेपाल ए को लगातार दोस्रो जित, अमेरिकाविरुद्ध ३ विकेटले विजयी

    काठमाडौं । अमेरिकालाई पराजित गर्दै नेपाल ‘ए’ टोलीले लगातार दोस्रो जित निकालेको छ। शुक्रबार भएको अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले अमेरिकालाई तीन विकेटले पराजित गरेको हो।

    मुलपानी क्रिकेट मैदानमाअमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ले ५ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्‍यो ।

     नेपालका लागि मयन यादवले सर्वाधिक ७२ रनको योगदान दिए। 

    खेलको ४७औँ ओभरमा पवन सर्राफले लगातार बाउन्ड्री प्रहार गरेपछि नेपाल ‘ए’ टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकालेको हो। पवन सर्राफ २४ रनमा अविजित रहे। दिपक डुम्रे दुई रनमा नटआउट रहे। 

    ओपनर तृतराज दासले २३ र अनिलकुमार शाहले २७ रन बनाए। सन्दीप जोरा ३६ रनमा पेभेलियन फर्के। कुशल मल्ल ३३ र बसिर अहमद १८ रनमा बोल्ड आउट हुन पुगे।  

    त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६२ रनको योगफल तयार पारेको थियो।  

    अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ११६ रनको योगदान दिए। जसदीप सिंह ३३ र हरमित सिंह २५ रनमा अविजित रहे। मोनांक पटेलले २०, शुभम रन्जानेले १६, सञ्जय कृष्णमुर्तीले १५ र साइतेजा मुक्कमल्लाले १० रन बनाए। 

    नेपाल ‘ए’का लागि पवन सर्राफले दुई विकेट लिए। विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, रासिद खान र नारायण जोशीले समान एक विकेट लिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij