काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनायो ।
अमेरिकाका लागि स्मित पटेलले शतकीय पारी खेले । उनले १०७ बल खेल्ने क्रमा १० चौका र ५ छक्कासहित ११६ रन बनाए । त्यस्तै हरमित सिंहले अविजित २५, जसदीप सिंहले अविजित ३३ रन, शायन जहाँगिरले ९, कप्तान मोनाङ्क पटेलले २० रन बनाए ।
त्यस्तै सैतेजा मुक्कामल्लाले १०, मिलिन्द कुमारले ७, शुभम रञ्जनेले १६, सञ्जय कृष्णमुर्तीले १५ तथा शेहान जयसूर्याले ७ रन बनाए । बलिङतर्फ नेपाल ‘ए’ का लागि पवन सर्राफले २ तथा विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले समान एक विकेट लिए । अहिले नेपाल ‘ए’ले जवाफी ब्याटिङ गरिरहेको छ ।