पहिराले अरनिको राजमार्ग अवरुद्ध

पहिराले अरनिको राजमार्ग अवरुद्ध

आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • पहिराले अरनिको राजमार्ग अवरुद्ध

    काठमाडौँ ।  केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    यही वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकु पहिरोका कारण उक्त राजमार्ग आजसम्म पनि सञ्चालन हुन नसककेको कन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

    उनले भने, “बाढीका कारण भोजपुर नगरपालिका–५ बोखिमको मइ पहाडी लोकमार्ग वैकल्पिक बाटो र पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । अरनिको राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छ ।”

    अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आएका राजमार्गमा सुरक्षित एवं सावधानी अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij