आइसिसी विश्वकप क्रिकेट लिगः नेपालले ब्याटिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट लिगः नेपालले ब्याटिङ गर्दै

शुक्रवार, बैशाख १८ २०८३
शुक्रवार, बैशाख १८ २०८३
  • आइसिसी विश्वकप क्रिकेट लिगः नेपालले ब्याटिङ गर्दै
    काठमाडौँ । आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । 
     
    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । यही वैशाख २२ गतेदेखि सुरु भएको लिगमा नेपाल र युएईबीच आज दोस्रो खेल हो । नेपालले पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो । 
     
    नेपाली टोलीमा अर्जुन कुमाल, विनोद भण्डारी, नन्दन यादव र ललितनारायण राजवंशीलाई स्थान दिइएको छ । कुशल भुर्तेल, आशिफ शेख, करण केसी र बसिर अहमदलाई आजको खेलमा आराम दिइएको छ । टोलीका अन्य खेलाडीमा भीम सार्की, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शनकुमार झा, सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij