पेट्रोल, डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

पेट्रोल, डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

शुक्रवार, बैशाख १८ २०८३
शुक्रवार, बैशाख १८ २०८३
  • पेट्रोल, डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    काठमाडौ । पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार बिहानैदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।       

     निगमले बिहीबाररती प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ घटाएको छ । 

    त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ४६ ले मुल्य बढाइएको उल्लेख छ । मूल्य समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः पहिलो वर्गमा २१४।५०, दोस्रो वर्गमा २१६ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम गरिएको छ । 

    त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा २२२।५० दोस्रो वर्गमा २२४ र तेस्रो वर्गमा २२५ पुगेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij