ठेक्काको विवरण हेरफेर प्रकरणः आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

ठेक्काको विवरण हेरफेर प्रकरणः आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • ठेक्काको विवरण हेरफेर प्रकरणः आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

    काठमाडौँ । सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक ऋषिकेश गौली पक्राउ परेका छन् ।
     
    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज उनलाई काठमाडौँको पुरानो बानेश्वरबाट पक्राउ गरेको हो । ठेक्काहरुको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्नन गरेको आरोपमा हालसम्म दल जना निर्माण व्यवसायीसहित १३ जनालाई अनुसन्धान भइरहेको व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।
     
    पक्राउ परेकाविरुद्ध सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij