मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काउने काम सम्पन्न

मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काउने काम सम्पन्न

सोमवार, बैशाख १४ २०८३
सोमवार, बैशाख १४ २०८३
  • मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काउने काम सम्पन्न

    भक्तपुर । भक्तपुर र काठमाडौंको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्बासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका(१ लोकन्थली र काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुम्बासी बस्तीका ८१० घरटहरा भत्काउने काम सोमवार साढे तीन वजे सम्पन्न भएको हो । 

    सो स्थानका संरचना भत्काउन सोमबार २४ वटा जृसिवी प्रयोग गरिएको थियो । त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुम्बासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको छ । शनिवार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुंगामुढा भएको थियो ।

    manohara-2.jfif
    सुुकुम्बासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख डीएसपी नवराज ढुंगानासहित २२ जना शुरक्षाकर्मी घाइते समेत भएका थिए । आइतबार बिहान करिव दुई हजारको संख्यामा शुरक्षाकर्मी पुग्दा करिब ८० प्रतिशतले आफै बस्ती छोडेका थिए ।


    आइतबार र सोमबार  शान्तिपूर्णरूपमा सुकुम्बासी बस्ती खाली गराउने काम भएको प्रहरीले जनाएको छ ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij