लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

शुक्रवार, बैशाख ११ २०८३
शुक्रवार, बैशाख ११ २०८३
  • लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

    काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । 

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेदकोट नगरपालिका–७ का २० वर्षीय अरूण चौधरीलाई पक्राउ गरिएको हो । 

    यसैगरी, काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने  विभिन्न औषधिसहित सोही स्थानका ४७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरिएको छ । 

      मोरङको उर्लाबारी नगरपालिका–९ का बलबहादुर श्रेष्ठलाई निजकै घरबाट, कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीस्थित डिएन रूद्र प्लाजा होटलबाट चार जना, धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्का मुक्त कमैया टोलबाट दुई र टीकापुर नगरपालिका–१ बाट  दुई जनालाई खैरो हेरोइन र डिजिटल तराजुसहित पक्राउ गरिएको छ । 

    उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट २७ किलोग्राम गाँजासहित सोही नगरपालिका–८ माजटोलका २५ वर्षीय अशोक राईलाई पक्राउ गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij