गुडिरहेको टेम्पोमाथि रुख खस्दा दुईको मृत्युु, तीनजना घाइते

गुडिरहेको टेम्पोमाथि रुख खस्दा दुईको मृत्युु, तीनजना घाइते

आइतवार, बैशाख ६ २०८३
आइतवार, बैशाख ६ २०८३
  • गुडिरहेको टेम्पोमाथि रुख खस्दा दुईको मृत्युु, तीनजना घाइते

    काठमाडौं । महोत्तरीमा गुडिरहेको टेम्पोमाथि रुख खस्दा दुई जनाको ज्यान गएको छ । शनिबार साँझ जलेश्वर–जनकपुरधाम सडक खण्डको परकौली ब्यारेक नजिकै रूख ढलेर किच्दा थप तीनजना घाइते भएका छन् ।

    साँझ हावाहुरीसहित वर्षा भइरहेको बेला टेम्पोमाथि रुख खसेको प्रहरीले जनाएको छ । टेम्पोमा चालकसहित पाँच जना रहेकामा एक महिला र एक पुरूषको मृत्युु भएको थियो । 


     घाइते भएका दुई पुरूष र एक महिलाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको बताइएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीले  मृतकको सनाखत हुन नसकेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij