जन्ती बोकेको जिप दुर्घटना हुँदा चारको मृत्यु, १४ जना घाइते

जन्ती बोकेको जिप दुर्घटना हुँदा चारको मृत्यु, १४ जना घाइते

आइतवार, बैशाख ६ २०८३
आइतवार, बैशाख ६ २०८३
  • जन्ती बोकेको जिप दुर्घटना हुँदा चारको मृत्यु, १४ जना घाइते

    सुर्खेत । सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा  चार जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा शनिवार बेलुका जन्ती बोकेको सो दुर्घटनामा परेर थप १४ जना घाइते भएका छन् ।

    बनगाड कुपिण्डे  नगरपालिका( ८ बाट लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु।प्र।०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घट्नास्थलमै मृत्यु हुनेमा कुपिण्डे नगरपालिका( ८ का ५० वर्षीय टोपबहादुर थापा , ५० वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुन रहेका छन् ।

     दुर्घटनामा गम्भीर घाइते ३० वर्षीय  मनबहादुर थापाको उपचारका क्रममा सुर्खेतको मेहलकुना अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। उद्धारमा खटिएका वडानम्बर ८ का वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार जिपमा १८ जना सवार थिए । 
     
    घाइतेको सुर्खेतको मेहेलकुना अस्पतालमा उपचार भईरहेको छ ।  दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको सल्यान प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij