पहाडमा बदली र वर्षा, तराईमा गर्मी बढ्ने

पहाडमा बदली र वर्षा, तराईमा गर्मी बढ्ने

शनिवार, बैशाख ५ २०८३
शनिवार, बैशाख ५ २०८३
  • पहाडमा बदली र वर्षा, तराईमा गर्मी बढ्ने

    काठमाडौं । देशका पहाडी तथा हिमाली भूभागमा अझै केही दिन मौसम बदली भई वर्षा र हिमपात हुने सम्भावना रहेको छ भने तराई क्षेत्रमा गर्मी बढ्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित उच्च पहाडी र हिमाली क्षेत्रमा बदलीसहित वर्षा भइरहनेछ ।

    मधेश प्रदेशलगायत तराईका अधिकांश भूभागमा भने तापक्रम क्रमशः बढ्दै जाने र तातो महसुस हुने सम्भावना रहेको छ । पछिल्ला दिनहरूमा चितवन, तनहुँ, कास्की, लमजुङ, नवलपरासी र खोटाङ लगायतका जिल्लामा वर्षा भइसकेको छ ।

    आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने जनाइएको छ ।

    यता मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम सफा रहने र तापक्रम बढ्दै जाने महाशाखाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij