सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा, आकस्मिक सेवा भने निरन्तर सञ्चालनमा

सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा, आकस्मिक सेवा भने निरन्तर सञ्चालनमा

शनिवार, बैशाख ५ २०८३
शनिवार, बैशाख ५ २०८३
  • सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा, आकस्मिक सेवा भने निरन्तर सञ्चालनमा

    काठमाडौं । सरकारी अस्पतालहरूमा पनि अब हप्तामा दुई दिन सार्वजनिक बिदा लागू हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार शनिबार र आइतबार दिइने बिदा सरकारी अस्पतालहरूमा समेत कार्यान्वयनमा ल्याइएको हो।

    मन्त्रालयका अनुसार बिदाका दिन अस्पतालहरूको बहिरङ्ग सेवा (ओपिडी) बन्द रहनेछ। तर आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवाहरू भने २४ घण्टा निरन्तर सञ्चालनमा रहने जनाइएको छ।

    दुई दिने बिदाका कारण स्वास्थ्य सेवामा असर नपरोस् भन्ने उद्देश्यले आवश्यक तयारी गरिएको मन्त्रालयले स्पष्ट पारेको छ। बिदाका दिन बिरामीले समस्या नपाओस् भनेर आवश्यक परेमा नजिकका उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्ने व्यवस्था मिलाउन र एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न अस्पतालहरूलाई अनुरोध गरिएको छ।

    यसैगरी, बिदाका दिन उपलब्ध हुने सेवासम्बन्धी जानकारी अस्पतालका वेबसाइट तथा सूचना प्रणालीमार्फत सर्वसाधारणलाई उपलब्ध गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij