काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार बोर्ड बैठकमा बाेल्दै श्रेष्ठले राजीनामा दिएर सरकारलाई सहयोग गर्न लागेकाे बताएका थिए ।
लगत्तै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर राजीनामा पत्र बुझाएकाे अर्थमन्त्रीको सचिवालयले जनाएको छ । श्रेष्ठ २०८१ मंसिर १० गते बोर्डको अध्यक्ष नियुक्त भएका थिए ।