सर्वोच्चद्वारा देउवा, खड्काकाे रिट खारेज, गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारीकता

सर्वोच्चद्वारा देउवा, खड्काकाे रिट खारेज, गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारीकता

शनिवार, बैशाख ५ २०८३
शनिवार, बैशाख ५ २०८३
  • सर्वोच्चद्वारा देउवा, खड्काकाे रिट खारेज, गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारीकता

    काठमाडौं । गगन थापा नेतृत्वको टिमलै नै नेपाली कांग्रेसको आधिकारीकता पाएको छ। सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गर्दै विशेष महाधिवेशनबाट निर्वाचित  थापा नेतृत्वको टिमलाई आधिकारीकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको हो।  

    बिहीबार र शुक्रबारको सुनुवाइपछि न्यायाधिश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले यस्तो आदेश दिएकाे हाे ।याे फैसलासँगै गत माघबाट शुरू भएको कांग्रसको विवाद कानुनी रुपमै समाधान भएको छ। 

    पूर्वसभापति देउवा र कार्यबाहक सभापति खड्काले माघ ४ गते निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै वारेस मार्फत रिट दायर गरेका थिए।

    ६ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ दिनभित्रमा विपक्षीसँग लिखित जवाफ माग गरेको थियो।  

    साेहि बिचमा थापा नेतृत्वले कांग्रेसको नियमित महाधिवेशन असोज १६ गतेदेखि १९ गतेसम्ममा गर्ने घोषणा गरेको छ। यो निर्णयपछि देउवाले चैत २६ गते अर्को रिट दायर गर्दै यो महाधिवेशनको कार्यतालिका कार्यान्वयनमा रोक लगाउन माग गरेका थिए।

    सर्वोच्चले साे माग अनुसार महाधिवेशन रोक्न पनि अस्वीकार गरेको छ। सर्वोच्चकाे फैसलासंगै कांग्रेस एक ढिक्का भएको र सबै बिवाद समाप्त भएको महामन्त्री प्रदीप पाैडेलले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij