दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

सोमवार, चैत्र ३० २०८२
सोमवार, चैत्र ३० २०८२
  • दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

    काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा राष्ट्रियसभा तर्फबाट सदस्यहरूको मनोनयन गरिएको छ ।

    सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावलीअनुसार उक्त समितिमा रहने सदस्यको मनोनयन गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार संसदीय सुनवाइ समितिमा आनन्दप्रसाद ढुङ्गाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दङ्गाल रहनुभएको छ । यस्तै, अनुगमन तथा मूल्याङ्कन समितिमा किरणबाबु श्रेष्ठ, मदन कुमारी शाह (गरिमा) र डा अञ्जान शाक्य रहेका छन् ।

    यी दुवै समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सदस्यहरू मनोनयन हुने प्रावधान छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij