प्रधानमन्त्री कपअन्तर्गत आजको खेलमा गण्डकी प्रदेश विजयी

प्रधानमन्त्री कपअन्तर्गत आजको खेलमा गण्डकी प्रदेश विजयी

आइतवार, चैत्र २९ २०८२
आइतवार, चैत्र २९ २०८२
  • प्रधानमन्त्री कपअन्तर्गत आजको खेलमा गण्डकी प्रदेश विजयी

    वीरगञ्ज  । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । 

    वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा गण्डकीले लुम्बिनी प्रदेश आठ विकेटले पराजित गरेको हो ।  सुरुआती ब्याटिङ गरेको लुम्बिनीले ४५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रन जोडेको थियो । टोलीका सन्तोष यादवले ७७ बलमा ८२ र सल्लाहद्धिन खानले ७७ बलमा ६० रन जोडेका थिए । 

    गण्डकीका विपिन खत्रीले चार विकेट र अपराजित पौडेलले तीन विकेट लिए । 

    जवाफी ब्याटिङमा उभिएको गण्डकीले ४४ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै दुई सय ११ रन जोडेको थियो । यस टोलीका अर्जुन कुमालले एक सय ३० बल खेल्दै एक सय तीन र सिब्रिन श्रेष्ठले ७७ बलमा ४३ रन जोडे । 

    लुम्बिनी प्रदेशका दिनेश बोहरा र सन्तोष यादवले समान एकरएक विकेट लिए । आजको खेलमा गण्डकीका अर्जुन कुमालले ‘प्लेयर अफ दि म्याच’ घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार पाए । 

    प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब गरी तीन विभागीय टोली र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी वैशाख ४ गते हुँदैछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij