करण केसीलाई क्यानले गर्‍यो एक खेलमा प्रतिबन्ध

करण केसीलाई क्यानले गर्‍यो एक खेलमा प्रतिबन्ध

आइतवार, चैत्र २९ २०८२
आइतवार, चैत्र २९ २०८२
  • करण केसीलाई क्यानले गर्‍यो एक खेलमा प्रतिबन्ध

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर करण केसीलाई एक खेलका निम्ति प्रतिबन्ध लगाएको छ ।

    विभागीय टिम नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता खेलिरहेका करणलाई क्यानले आइतबार एक खेलका निम्ति प्रतिबन्ध लगाएको हो ।

    क्यानले अम्पयारको विषयमा सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा खेल भावनाविपरित भएको भन्दै प्रतिबन्ध गर्नुका साथै खेलको शतप्रतिशत म्याच शूल्य जरिवाना गर्ने निर्णय गरेको हो।

    शनिबार करणले सामाजिक सञ्जालमा यदि खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला रु भनेर सामाजिक सञ्जाल ‘एक्स’मा कमेन्ट गरेका थिए । उनको यही कमेन्टप्रति ध्यानाकर्षण भएको जनाउँदै क्यानले कारबाही गरेको हो ।

    ‘नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गर्दै सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी क्रिकेटर करण केसीलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १००५ म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ,’ क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    cricket 1.png

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij