सार्वजनिक गाडीमा आरक्षित सिट नराखे कारबाही गर्ने सरकारको चेतावनी

सार्वजनिक गाडीमा आरक्षित सिट नराखे कारबाही गर्ने सरकारको चेतावनी

शनिवार, चैत्र २८ २०८२
शनिवार, चैत्र २८ २०८२
  • सार्वजनिक गाडीमा आरक्षित सिट नराखे कारबाही गर्ने सरकारको चेतावनी

    काठमाडौं । सरकारले सार्वजनिक गाडीमा आरक्षित सिट अनिवार्य नराखे कारबाही गर्ने चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर यस्तो चेतावनी दिएको हो । 

    यात्रुवाहक गाडीमा चार सिट अशक्त व्यक्तिका लागि र दुई सिट महिलाका लागि आरक्षित राख्नुपर्ने व्यवस्था छ । लामो तथा छोटो दूरीका गाडीले यस्तो सिट अनिवार्य नगरेको पाइएको भन्दै विभागले कारबाही चेतावनी दिएको हो ।

    विभागले लामो बाटोमा सञ्चालन हुने गाडीका हकमा गन्तव्यतर्फ प्रस्थान गर्नुभन्दा न्यूनतम चार घण्टा अगाडिसम्म सिट सुरक्षित राख्नुपर्ने जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij