एकजना यात्रुका लागि बढीमा तीन जना मात्र विमानस्थल आउन आग्रह

एकजना यात्रुका लागि बढीमा तीन जना मात्र विमानस्थल आउन आग्रह

शनिवार, चैत्र २८ २०८२
शनिवार, चैत्र २८ २०८२
  • एकजना यात्रुका लागि बढीमा तीन जना मात्र विमानस्थल आउन आग्रह

    काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक जना यात्रुका लागि बढीमा तीन जना मात्र विमानस्थल आउन अनुरोध गरेको छ । 

    विमानस्थलमा धेरै भिड हुने गरेको भन्दै प्राधिकरणले सूचना निकालेर यस्तो आग्रह गरेको हो । प्राधिकरणका अनुसार अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरूको संख्या बढ्दो क्रममा रहेकाले हवाई यात्रुहरूको संख्या पनि बढेको छ । 

    यात्रुको लागि धेरै जना विमानस्थल आउँदा भिडभाड हुने र भिडभाडको चापले विमानस्थलमा सुरक्षा चुनौती थपिनुका साथै स्वदेशी तथा विदेशी हवाई यात्रुहरूको आगमन तथा प्रस्थानमा असुविधा भइरहेको प्राधिकरणको भनाइ छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij