काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। उपसभामुखका दुई प्रतिस्पर्धीमध्ये राप्रपाकी सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै ठाकुर निर्वाचित भएकी हुन् ।
निर्वाचनमा उपस्थित २५७ सांसदमध्ये ठाकुरले २१५ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी लामाले मात्र ५ मत पाइन्। यसले ठाकुरको पक्षमा व्यापक समर्थन रहेको स्पष्ट देखाएको छ।