पेट्रोल, डिजल र ग्यासको मूल्य बढ्यो,  अब कहाँ कति पर्छ ?

पेट्रोल, डिजल र ग्यासको मूल्य बढ्यो,  अब कहाँ कति पर्छ ?

शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • पेट्रोल, डिजल र ग्यासको मूल्य बढ्यो,  अब कहाँ कति पर्छ ?

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढेर हालसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टीतेल र ग्यासको मूल्य बढाएको हो । 

    निगमले शुक्रबार बिहान  देखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७, डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिशिलिन्डर १०० रुपैयाँ मूल्य बढाएको हो । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ ६ रुपैयाँ बढाइएको निगमले जनाएको छ । 

    मूल्य बढेसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा २१६.५०, दोस्रो वर्गमा २१८ र तेस्रो वर्गमा पार्ने काठमाडौंमा २१९ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा २०४.५०, दोस्रो वर्गमा २०६ र तेस्रो वर्गमा २०७ रुपैयाँ प्रतिलिटर पुगेको छ । 

    त्यस्तै खाना पकाउने ग्यासको मूल्य २०१० (१४.२ केजी), १००५ (७.१ केजी) पुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ २५७ रुपैयाँ पुगेको निगमले जानकारी दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij