संघीय संसद्का दुवै सदनको अधिवेशन शुक्रबार रातीदेखि अन्त्य हुने

संघीय संसद्का दुवै सदनको अधिवेशन शुक्रबार रातीदेखि अन्त्य हुने

बिहिवार, चैत्र २६ २०८२
बिहिवार, चैत्र २६ २०८२
  • संघीय संसद्का दुवै सदनको अधिवेशन शुक्रबार रातीदेखि अन्त्य हुने

    काठमाडौं । संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेका हुन्। 

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संसद् अधिवेशन अन्त्य गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए। चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो। 

    नवनिर्वाचित संसद्को अधिवेशन चैत १९ गतेदेखि सुरु भएको थियो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij