सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

    काठमाडौँ ।  नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने सरकारको नीति परिवर्तन गर्न आग्रह गरेको छ । 

    महासङ्घले आज विज्ञप्ति जारी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै सङ्घीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई समेत जारी गरिएको सोसम्बन्धी परिपत्र तत्काल फिर्ता गर्नसमेत सरकारसँग आग्रह गरेको छ । 

    महासङ्घले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनालाई भेटी निर्णय खारेज गर्न यस विषयमा ध्यानाकर्षण गराइएको पनि जनाएको छ । महासङ्घले बुधबार त्यसबारे महासङ्घका पूर्वअध्यक्ष, बिहीबार राष्ट्रिय दैनिक, साप्ताहिक, अनलाइनका सम्पादक र शुक्रबार राजनीतिक दलका संसदीय दलका नेतासँग छलफल गर्नेसमेत जनाएको छ । 

    यसैगरी श्रमजीवी पत्रकारलाई नियमित पारिश्रमिक र सेवा–सुविधा उपलब्ध गराउन सञ्चार गृहहरूसँग समेत महासङ्घले आग्रह गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij