लिग २ को त्रिकोणात्मक शृङ्खला दुईसातापछि  काठमाडौंमा हुने

लिग २ को त्रिकोणात्मक शृङ्खला दुईसातापछि  काठमाडौंमा हुने

मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • लिग २ को त्रिकोणात्मक शृङ्खला दुईसातापछि  काठमाडौंमा हुने

    काठमाडौं । मध्यपुर्वमा तनाव बढेपछि रोकिएको  आइसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला यही महिना नेपालमा हुने भएको छ । इजरायल( इरान युद्धका कारण गत मार्च १० देखि शुरू हुने शृङ्खला स्थगन गरिएको थियो । 

    नेपाल क्रिकेट संघ (क्यान)ले लिग २ को नयाँ तालीका आज सार्वजनिक गरेको हो । नेपालसहित यूएई र ओमान सहभागी सिरिज आगामी अप्रिल २५ तारिखबाट सुरु हुने छ । 

    शृङ्खलामा जम्मा ६ खेल हुनेछन् । लिग २ को ढाँचा अनुसार प्रत्येक तीन टिमले दुई–दुई पटक एक(आपसमा भिड्ने तालिका छ ।
    पहिलो म्याचमा नेपाल र यूएई प्रतिस्पर्धा गर्नेछन् ।  दोस्रो म्याच ओमान र यूएईबीच २७ अप्रिलमा हुनेछ । 

    यस्तै २९ अप्रिलमा नेपाल र ओमान, मे १ मा नेपाल र यूएई तथा ३ मेमा यूएई र ओमान भिड्नेछन् । अन्तिम म्याच ५ मेमा नेपाल र यूएईबीच हुने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij