काठमाडौं । नेपालले आयरल्याण्डलाई २१४ रनको लक्ष्य दिएको छ । आयरल्याण्ड ए टूर अफ नेपाल सिरिज अन्तर्गतको आज भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको हो ।
नेपालका लागि आरिफ शेखले अर्धशतक पुरा गरेका छन् । शेखले ४८ बलमा ९३ रनको उत्कृष्ट प्रदर्शनी गरेका हुन् । अन्य खेलाडीहरु रसिद खानले १३ बलमा २४ रन, कमल ऐरिले ७ बलमा १९ रन, बसिर अहमदले २१ बलमा १९ रन, पवन सराफले १२ बलमा १३ रन र विनोद भण्डारीले ८ बलमा ११ रनको योगदान दिँदा अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेनन् ।