दुई मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको मृत्यु

दुई मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको मृत्यु

मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • दुई मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको मृत्यु

    काठमाडौं । महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ। जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुईवटा मोटरसाइकल एक(आपसमा ठोक्किएर आगलागी भएको हो । 

    प्रहरीका अनुसार, दुर्घटनापछि मोटरसाइकलमा आगो लाग्दा तीनजना विद्यार्थीको जलेर मृत्यु भएको हो। सो घटनामा परेर थप तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन् । घाइते तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर छ। एक जनाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। 

    घाइतेको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक तथा घाइतेको सनाखत भएको छैन । मोटरसाइकल पूर्ण रुपमा जलेर नम्बरप्लेट समेत नदेखिने अवस्था रहेको जनाइएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij