चार दिनपछि विष्ट मृत फेला

चार दिनपछि विष्ट मृत फेला

सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  • चार दिनपछि विष्ट मृत फेला

    झापा ।  बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट जङ्गल गएका एक जना आज मृत फेला परेका छन् । 

    दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर नं २, हट नं २०४ का ५४ वर्षीय तुलबहादुर विष्ट मृत फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    प्रहरी निरीक्षक नविन राईका अनुसार घाँस काट्न भनी यही चैत १९ गते घरबाट निस्किनुभएका उनी घर नजिकैको सामुदायिक वनमा मृत फेला पर्नुभएको हो । विभत्स अवस्थामा शव भेटिएकाले हात्तीले आक्रमण गरेको अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij