काठमाडौं । आयरल्याण्ड ए ले नेपालविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । आज त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि आयरल्याण्डले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जीत निकाल्दै वुल्भ्सले शृंखला जितिसकेको छ । आजको खेलमा पनि जीत निकाले वुल्भ्सले नेपाल ‘ए’ विरुद्धको ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ ।
ट्वान्टी–२० शृंखलापछि दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला बुधबारदेखि शुरू हुनेछ ।