लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

    काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट १६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

    केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ नगरपालिका–२६ गोंगबु मित्रनगरबाट दुई जना, दाङको घोराही उपमहानगरपालिका–१३ राधाकृष्ण टोलबाट, एक लम्कीचुहा नगरपालिका–४ कौवापुरबाट एक, रुपन्देहीको रोहिणी–४ सेमरहबाट एक र सोही पालिकाको वडा नम्बर ६ छिपागणबाट एक जनालाई पक्राउ गरिएको हो ।

    यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट एक, झापाको गौरादह नगरपालिका–१ डिपुचोकबाट एक, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट तीन, मोचीनगर नगरपालिका–६ काँकडभिट्टा बसपार्कबाट एक र मोरङको उर्लाबारी नगरपालिका–७ बाट एक जनालाई पक्राउ गरिएको छ ।

    प्रहरीचौकी मूलघाटबाट परिचालन भएको प्रहरी टोलीले ४४ किलो गाँजासहित धनकुटाको सहिदभूमि गाउँपालिकाबाट तीन जनालाई पक्राउ गरेको जनाइएको छ ।

    केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ । उनीहरू बिहीबार पक्राउ परेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij